विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चौथो अधिवेशन आह्वान भएको प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।