Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले भन्यो - खटाइएको ठाउँमा सात दिनभित्र हाजिर हुनू

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ ।

कर्मचारीहरू खटाइएको ठाउँमा नजाँदा सार्वजनिक सेवा प्रवाहमा असर पुगिरहेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्री अनिता देवीले शुक्रबार सरकारका सबै मन्त्रालयहरूबाट कानुनबमोजिम सरुवा, पदस्थापन, काज सरुवा वा काज फिर्ता गरिएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिइन् ।

सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन यस्तो निर्देशन गरेको मन्त्रालयका उपसचिव अश्विनीकुमार पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077