Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा पाँच जनाको उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि मिनबहादुर शाही, गुलाबजंग शाह, राजबहादुर शाही, प्रकाश रोकाया र प्रेमबहादुर सिंहले उम्मेदवारी दिएका हुन् ।

बुधबारदेखि सुरू भएको प्रदेश अधिवेशनबाट १३५ सदस्यीय कमिटी चयन हुनेछ। बिहीबार सर्वसम्मत नेतृत्वका बारेमा छलफल भए पनि सहमति भएन।

शुक्रबार राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेपछि निर्वाचनका लागि कार्यतालिका बनाइएको थियो । उम्मेदवारको अन्तिम नामावली आजै राति हुनेछ भने मतदान भोलि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077