Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

सल्यान । सल्यानमा भएको सफारी जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको सफारी जिप तीर्थपोलेस्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ५२ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७० वर्षीया ध्रुवी बोहरा रहेका छन् । यस्तै दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरुको परिचय खुलेको छैन ।

सख्त घाइते भएका सेजवाल र बोहरालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते १४ जनाको जिल्ला अस्पताल सल्यानलगायत श्रीनगरमा रहेको कर्णाली, परोपकार, मेट्रो अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077