Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१२० किलो गाँजा बोकेको सुमो र मोटरसाइकलसहित ६ जना पक्राउ

सुनसरी । सशस्त्र प्रहरीले करिब १ सय २० किलो गाँजा बोकेको सुमो गाडी र मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ।

शुक्रबार सुनसरीको बराहक्षेत्र-१ चतरापुलनजिकै बराहक्षेत्र जाने सडकखण्डबाट सशस्त्रले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरीको देवनागञ्ज गाउँपालिका–५ का ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।

उनीहरूलाई बीआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको गाँजासहित नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीका अनुसार प्रदेश नं. १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले गाँजा बोकेको गाडीलाई स्कर्टिङ गरिरहेको थियो ।

नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा, सुमो गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077