Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

रोनाल्डोको निर्णायक गोलमा ताईमाथि अल–नासरको रोमाञ्चक जित

एजेन्सी । अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी भएको हो ।

अल–नासरको जितमा रोनाल्डो र एन्डरसन टालिस्काले गोल गरे । अल–ताईका लागि भर्जिल भिसिडजानले गोल गरे ।
यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् ।

त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् । लिगमा लगातार छैटौँ जितसहित अल–नासर चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077