Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

    भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज आइएक्स को रियल टाइम मार्केटमा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ ।

    भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।



    भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा डे अहेड बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अब सवा घण्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न पाउने भएको छ।



    यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ ।

    भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत आयात/निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

    भारतको केन्द्रीय विद्युत प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट बिद्युत रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार