Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले कोशी प्रदेश अधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

शुक्रबार सुरू भएको अधिवेशनमा केहीबेरअघि राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको हो ।

निर्वाचन कार्यक्रम अनुसार शनिबार ४ः३० बजेसम्म उम्मेद्वारी मनोनयनको समय तोकिएको छ। उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ।

मतदान भने आइतबार बिहान ११ बजेबाट हुने कार्यतालिकामा उल्लेख छ। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ।

एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्ने अधिवेशनमा नेताहरू सहमतिमा नेतृत्व चयन गर्न दबाब दिइरहेका छन्।

प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077