Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - आउने निर्वाचनमा कि भ्रष्ट दलहरू सकिन्छन्, कि रास्वपा !

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आउने निर्वाचनमा भ्रष्ट दलहरू सकिने बताएका छन् ।

दाङको घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले अब आउने निर्वाचनमा कि भ्रष्ट सकिने वा त्यो नभए आफ्नो पार्टी सकिने बताए।

उनले सर्वसाधारणको ठूला दलहरू प्रति वितृष्णाकै कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताए।

सभापति लामिछानेले भने,‘हामी जनताका पक्षमा काम गर्छौं र भ्रष्ट दलहरू एक ठाँउमा रहन सक्ने छैनन् । २०८४ को निर्वाचनले कि हामी सकिन्छौं, कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने छ।’

अब आउने निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि उनले ठूला दलहरूलाई आग्रह गरेका थिए।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077