Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले लगाइदियो असाहाय दलित महिलाको घरमा जस्तापाता !

अछाम । नेकपा माओवादी केन्द्रले एकल दलित असाहाय महिलाको घरमा जस्तापाता (टिन) लगाइदिएको छ ।

घर–घरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्रले अछामको मंगलसेन नगरपालिका– १०, जुपु सिलावाडा टोलकी दलित असाहाय महिला ७० बर्षीया डिक्रा परियारको घरको छानोमा जस्तापाता लगाइ दिइएको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अछाम जिल्ला इन्चार्ज ओमप्रकाश पुनको नेतृत्वसहित जुपुमा गएको टोलीले असहाय महिलाको चुहिने घरको छानोमा जस्तापाता लगाइदिएको बताइएको छ । माओवादी केन्द्र अछामका इन्चार्ज पुनका अनुसार १५ हजारमा जस्तापाता किनेर घरको छानोमा लगाइएको छ ।

कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव शिव बोगटी, जिल्ला सदस्यहरु ज्ञान रावल, भक्त बिक, बल बहादुर रावल, कमल थापा, कटक सोडारी, सुरत भण्डारीको उपस्थिति रहेको थियो । घर–घरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत माओवादी केन्द्र अहिले गाउँबस्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077