Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले बगाएको जीप भेटियो : एक मृत फेला, दुई अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदीखोला र तमादीखोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

जीपसँगै एक यात्री मृत भेटिएका छन् । मृतकको सनाखत हुन बाँकी छ । जीपमा सवार अरू दुई यात्रीको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख एवं प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रीको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुंगा पन्छाउने क्रममा जीप बगेको हो ।

जीपका चालक वसन्त थापा ढुंगा पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् । घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धारकार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077