Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक रवि लामिछानेद्धारा बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बेलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् ।

चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै सभापति लामिछानेले सर्वदलीय बैठक बहिष्कार गरेका हुन् ।

चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले मूल्यवृद्धि गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गर्ने सभापति लामिछानेले सामाजिक संञ्जालमार्फत बताएका छन् ।

सभापति लामिछानेले लेखेका छन्,‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धि प्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रम बारे जानकारी दिनेछौँ।’

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।

सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय आयोग बनाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077