Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेले भने - कर्मचारीलाई सधैं बोनस बाँड्ने आयल निगम कसरी घाटामा गयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्मचारीलाई सधैं बोनस बाँड्ने आयल निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले आयल निगमले सधैं घाटा भयो भन्ने विषयमा प्रश्न उठाएका हुन्।

सभापति लामिछानेले भने,‘आयल निगम व्यापार पनि आफैं गर्छ। आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो। सबै कुरा उही गर्छ। तर सधैं घाटा भयो भन्छ। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ। तर सधैं घाटामा रहन्छ। यो घाटा के हो ? देशले सधैं घाटा सहिरहनुपर्ने कुराको निर्क्यौल होस्।’

उनले एक्लैले व्यापार गर्ने भए पनि घाटा भयो भन्ने गरेको बताए।  स्वचालित प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको हुनाले आफैं मूल्यवृद्धि भएको भन्ने हो भने घटेको बेलामा किन दुईतीनपछि मात्रै मूल्य घटाउने गरेको हो भन्दै उनले प्रश्न उठाए।

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएपछि मूल्यवृद्धि गरेको भन्दै व्यंग्य गरे। पेट्रोलियम पदार्थमा बढेको मूल्य सरकारले फिर्ता लिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077