Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनिपालको सहमति भएको भोलिपल्ट केएमसीका डाक्टरमाथि कुटपिट

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज(केएमसी)का चिकित्सकमाथि कुटपिट भएको छ । सरकारसँग सहमति भएको भोलिपल्टै फेरि चिकित्सकसहित स्वास्थ्कर्मीमाथि कुटपिट भएको हो ।

सरकार र आन्दोलनरत चिकित्सकबीच शनिबार मात्रै सहमति भएको थियो । पोखरास्थित मनिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै केएमसीमा पुन: डाक्टर कुटिएका हुन् ।

ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। नेफ्रो विभागको ओपीडीमा कार्यरत चिकित्सक डा. मनिषसहित इन्टर्न गरिरहेका केही डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेका हुन् ।

अस्पतालभित्रै चिकित्सकमाथि कुटपिट भएपछि उनीहरू आन्दोलित भएका छन् । उनीहरूले अस्पताल परिसरमै धर्ना दिएका छन् । उनीहरू अस्पतालको सेवा ठप्पगरी आन्दोलनमा उत्रिएका छन् ।

डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077