Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कञ्चनपुरमा छैटौं आदर्श क्रिकेट कप हुने, विजेतालाई एक लाख रुपैयाँ

कञ्चनपुर । कञ्चनपुरमा ‘छैटौं आदर्श क्रिकेट कप’ प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–१ मा असोज २६ गतेदेखि क्रिकेट प्रतियोगिता हुन् लागेको हो ।

दशैं तथा तिहारको अवसरमा आदर्श युवा समाज हात्तिथलाको आयोजनाको आयोजनामा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाभर रहेका सबै पालिकाअन्तर्गत रहेका प्रत्येक वडाले आफ्नो वडाका स्थायी बसोबास भएका खेलाडीहरू मात्र सहभागी गराउन पाउने क्लबका अध्यक्ष ज्ञानेश्वर जोशीले बताए ।

असोज १७ देखि २१ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क २० हजार राखिएको छ।

प्रतियोगिताको विजेताले एक लाख एक सय र उपविजेता टिमले ५० हजार ५० रुपैयाँ पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077