Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विधानअनुसार पार्टी चल्न सकेन, भातृ संगठनमा मनोमानी भयो : दिलेन्द्रप्रसाद बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेपाली कांग्रेस पार्टी विधान अनुसार चल्न नसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित १४औं महाधिवेशनको ‘संकल्प, उत्साह, एकता र रुपान्तरण’ विषयक विचारक गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताएका हुन् ।

रुपान्तरण अभियानका विषयमा हामी गम्भीर ढंगले केन्द्रित हुनुपर्ने बताउँदै उनले पार्टी आफ्नो विधान अनुसार चल्न नसकेको दाबी गरे ।

उनले भने, 'नेविसंघ, तरुण दललगायतका भातृ संगठनमा मनोमानी भएको छ। भाद्र १५ गतेभित्र सबै भातृसंगठनको पूर्णता पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077