Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जग्गा विवादका कारण उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या

    जग्गा विवादका कारण उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज बिहान एकै परिवारका ६ जनाको हत्या भएको हो ।

    भारतीय सञ्चार माध्यमहरूका अनुसार जिल्लाको फतेहपुर गाउँमा जग्गा विवादमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ ।



    समाचारमा जनाइएअनुसार उक्त परिवारको गाउँकै एक व्यक्तिसँग लामो समयदेखि जग्गा विवाद थियो ।



    आज बिहान उनीहरूबीच पुनः विवाद भएको थियो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको थियो । जसमा गोलीसमेत चलेको बताइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार