Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन

काठमाडौं । सुरक्षित कार्यस्थलको माग गर्दै डाक्टरहरूले आन्दोलन थालेका छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी)का इन्टर्न चिकित्सकमाथि आइतबार भएको कुटपिटको विरोधमा चिकित्सकहरुले आज प्रदर्शन गरेका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले केएमसी अस्पतालको प्रांगण अगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

पोखरास्थित मनिपाल अस्पताललगायतमा भएको घटनापछि सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको भोलिपल्टै केएमसीमा चिकित्सकसहित स्वास्थ्कर्मीमाथि कुटपिट भएको थियो ।

बिरामी लिएर आएका ३–४ जनाको समूहले नेफ्रो विभागको ओपीडीमा कार्यरत चिकित्सक डा.मनिषसहित इन्टर्न गरिरहेका केही डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077