Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

एजेन्सी । विश्व बैंकले सन् २०२३ मा चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एसिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।

सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतमा स्थिर रहने अनुमान गरिएको छ, तर सन् २०२३ को उत्तरार्धमा यसमा सामान्य कमी हुने र सन् २०२४ मा ४।५ प्रतिशत रहने अनुमान प्रतिवेदनमा गरिएको छ।

विश्व बैंकका पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका प्रमुख अर्थशास्त्री आदित्य मट्टुले भने, ‘चीनसँग उल्लेखनीय शक्ति छ। आधारभूत उत्पादनमा मात्र नभई नवीन उत्पादनलाई आविष्कार गर्दै छ, यस प्रकारको मानव क्षमता चीनमा सिर्जना भइरहेको छ र यसले उत्पादनमा चीनको बृहंगम क्षमता देखाएको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077