Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने

    राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि ११ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।



    बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।



    मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार