Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • लिङ्देनलाई राप्रपाले दियो कोशी सरकारबारे निर्णय गर्ने अधिकार

    लिङ्देनलाई राप्रपाले दियो कोशी सरकारबारे निर्णय गर्ने अधिकार

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपाले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

    राप्रपा अध्यक्ष लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो ।



    कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन ।



    २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार