काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले केहि केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य नवराज पनेरूलगायतलाई अनुशासनको कारबाही गरेको हो।
बैठकले पार्टी हित र स्वार्थमा आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेको भन्दै झापाका पनेरूसहितलाई कारबाही गरेको छ।
यस्तै मोरङ जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको राप्रपाले जनाएको छ ।