Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • शिक्षा विधेयक संशोधन गर्न गाउँपालिका महासंघ र नगरपालिका संघले माग

    शिक्षा विधेयक संशोधन गर्न गाउँपालिका महासंघ र नगरपालिका संघले माग

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले विद्यालय शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महासंघ र संघले विधेयकमा संशोधन गर्नुपर्ने बुँदा बुझाएका हुन् ।



    महासंघ र संघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका प्रमुख सचेतकहरू तथा सांसदहरूसँग छलफल गरेका थिए ।



    उनीहरुले संसदमा पेश भएको विधेयकमा विभिन्न विषयमा संशोधन गर्न सकिने धारणा राखेका थिए। शिक्षा विधेयकमा संशोधन गर्ने विषयमा सांसदहरूलाई ध्यानाकर्षण गराइएको महासंघ र संघले जनाएको छ।

    उनीहरूले शिक्षा विधेयकमा १७ वटा दफामा संशोधन गर्नुपर्ने र पाँच वटा विषय हटाउन माग गरेका छन्।

    महासंघ र संघले विद्यालय शिक्षा विधेयकमा शिक्षा विभाग ब्युँताउने प्रस्ताव गरेकोमा पनि विरोध गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार