Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकार–शिक्षक सहमति : शिक्षकको १०/१० वर्षमा बढुवा, मर्यादाक्रम तोकिने

    सरकार–शिक्षक सहमति : शिक्षकको १०/१० वर्षमा बढुवा, मर्यादाक्रम तोकिने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । सामुदायक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो ।

    सहमति अनुसार शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको छ ।



    आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए ।



    यससँगै अब आइतबारदेखि देशभरका सामुदायिक विद्यालयमा निर्वाधरुपमा पठनपाठन सुरु हुने अपेक्षा गरिएको छ । यद्यपि शिक्षक महासंघले गरेको सहमतिमा राहत शिक्षक संघले अझै असन्तुष्टि जनाइरहेकाले अन्यौलता भने कायमै छ ।

    सरकारले संघीय संसद सचिवालयमा विद्यालय सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गराएसँगै त्यसमा उल्लेखित विषयप्रति असन्तुष्ट बन्दै शिक्षक महासङ्घ आन्दोलनमा होमिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार