Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जना छुटे

    प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जना छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ ।

    विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरु आज दिउँसो सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका थिए ।



    प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको र अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।



    उनका अनुसार नियन्त्रणमा लिएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरु सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार