Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट सर्वसम्मत स्वीकृत

    विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदबाट सर्वसम्मत स्वीकृत

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 585
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

    आइतबार बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।



    सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ ।



    सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले जवाफ दिएका थिए। मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए।

    प्रतिनिधि सभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ। संविधानमा आधारभुत शिक्षा निशुल्क र अनिवर्ष भनिएको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनिएको छ ।

    यसलाई कार्यान्वयन गर्ने गरी विधेयक आएको मन्त्री राईको दाबी छ । निजी क्षेत्रले विद्यालय संचालन गर्न पाउने प्रावधान कायमै राखेर संविधानको मर्म कसरी कार्यान्वयन हुन्छ भन्ने सांसदहरुको प्रश्न थियो ।

    जवाफमा मन्त्री राईले नयाँ विद्यालय खोल्न निजी क्षेत्रले चाहे गैर नाफामुलक हुनेगी गुठीका संचालन हुनुपर्ने व्यवस्था प्रस्ताव राखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार