Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प, घरहरु भत्किए

बझाङ । सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

डोटी, कैलाली, अछाम, बाजुरालगायत सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077