Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको ।

अख्तियारले सुनसरी विद्युत प्राधिकरण,इनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहका विर्जकुमार महतोविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानका क्रममा विद्युतीय लाइन जोडि दिएवाफत सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले महतोविरुद्ध आरोप-पत्र दायर गरिएको बताए।

महतोमाथि २५ हजार रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ। गत भदौ १९ गते अख्तियारले महतोलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077