Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको प्रश्न - भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले तमासा गरिरहेको छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले तमासा गरिरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले साढे २ वर्षमा २ वटा सरकारले गरेका कामको उपलब्धिहरू तथ्य तथ्यांकमा नेपाली जनतासामु पेश गर्न संसदमार्फत माग गरे । सरकारका हरेक कामकारबाहीप्रति प्रश्न गर्दै अध्यक्ष ओलीले राजनीति र अपराधमा फरक देखिन छाडेको बताए ।

अध्यक्ष ओलीले भने,‘सरकारले चलाएको शुसासनको होइन कुशासनको अभियान हो । भ्रष्टाचारीलाई कारबाहीको बहानामा क्लिन चिट दिएर भ्रष्टाचार भइरहेको छ । जसलाई मुद्दा दर्ता गरियो तिनले त उन्मुक्ति पाउनलान् नै । खास भ्रष्टाचारीलाई त मुद्दा नै दर्ता नै छैन । भ्रष्टाचारको फाइल खोल्छु र बन्द गर्छु भनेर भ्रष्टाचार गरिरहेको छ । बाहिर कारबाही गर्छु भनेर माहोल बनाउने भित्र भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ । कस्तो नाटक मञ्चन, कस्तो तमासा ?’

अध्यक्ष ओलीले भ्रष्टाचारको अनुसन्धान गर्ने भनेर ललिता निवासको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनेलाई खोजविन नगरी अरुलाई मुद्दा चलाएकोमा आक्रोश पोखे।

अध्यक्ष ओलीले नेपालमा काम गरिरहेका एक हजार डाक्टरले एकैचोटी देश छोड्न पासपोर्ट बनाउन लागेको भन्दै त्यति धेरै डाक्टरहरुले देश छोड्न लाग्दा पनि सरकारले नसुनेको बताए ।

उनले परराष्ट्र नीति र सम्बन्धमा समेत सुधार गर्न नसकेको भन्दै डाक्टर र दक्ष जनशक्ति भाग्ने अनि हातपाउ बसेकाहरु मात्रै यहाँ बस्ने अवस्था बनिरहेकाले सरकार हराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077