Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मदिरा सेवन गराई टहराको तेस्रो तलाबाट खसालेर लक्ष्मीको हत्या, संलग्न चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा २७ वर्षीया लक्ष्मी घर्तीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पत्रकार सम्मेलन गरेर घर्तीको हत्यामा संलग्न भएकाहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, सोही ठाउँका १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरंगाका ३३ वर्षीय सेनराज राना र पर्शु राना रहेका छन् । गत साउन ३० गते कञ्चनपुरको पुनर्वास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने सडक खण्डमा लक्ष्मी घर्ती मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी अनुसन्धानबाट गत साउन २९ गते साँझ ५ः३० मा मामाघर जान्छु भनेर घरबाट निस्किएको भए पनि उनलाई सोही दिन ५ः३५ मा बेलौरी नगरपालिका–१ का २७ वर्षीय सरोज राना, सोही ठाउँका १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका–१ नौरङ्गाका ३३ वर्षीय सेनराज राना, ३० वर्षीय राजकुमार राना र पर्शु रानाले ललाई फकाइ मोटरसाइकलमा राखेर लालझाडी जङ्गलमा हात्ती हेर्न बनाइएको टहरामा लगी मदिरा सेवन गराएर टहराको तेस्रो तलाबाट खसालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

राति ९ः३० बजेको समयमा टहराबाट खसाउदा गम्भीर घाइते भई बेहोस अवस्थामा रहेकी लक्ष्मीलाई पाँचै जनाले मोटरसाइकलमा राखेर मृतकको माइतीघर नजिकै सडक किनारमा फालेर भागेको तथा प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको छ । घटनामा संलग्न राजकुमार रानाको खोजी कार्य र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको कञ्तनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077