Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?

नेपालगन्ज । नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो ।

ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको ¥यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको ¥यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

¥याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन कफ्र्यु लगाइएको बताए । हिन्दू ओमकार परिवारले ठूलो संख्यामा श्रीरामको झन्डासहित ¥याली प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालगन्जको अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश जारी रहने बताउँदै नेपालगन्जको अवस्था प्रशासनले मात्र एक्लै केही गर्न नसक्ने भएकाले सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक अगुवा सबैैले आआफ्नो क्षेत्रबाट पहल गर्न पनि आग्रह गरे ।

बाँके प्रशासनद्वारा जारी कफ्र्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाभित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२० को दफा ६(क) (१) (३) बमोजिम १६ असोज २०८० दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । राजधानी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077