Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल भन्छन् - कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिँदैन

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

बुधबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने बताए।

अध्यक्ष नेपालले भने,‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ। सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ।’

नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए। नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल समेत गरे।

उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077