Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - वर्तमान सरकार जति दिन राख्यो, त्यति नै देश कमजोर हुँदै जान्छ

कपिलवस्तु । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने र सबै रुपमा राष्ट्र कमजोर हुने बताए ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए ।

नेता कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ ।’

वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्न उनले चेतावनी दिए । महँगी बढे पनि सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए। जनतालाई सहुलियत दिनुपर्नेमा दैनिक उपभोग्य बस्तुहरूको भाउ बढ्दै गइरहेको उनको भनाई छ।

कोइरालाले सरकारको हेपाहा प्रवृत्ति र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077