Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंका एक व्यापारी ‘हनि ट्रयाप’मा, युवतीसहित दुई पक्राउ

    काठमाडौंका एक व्यापारी ‘हनि ट्रयाप’मा, युवतीसहित दुई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 3.8K
    SHARES

    काठमाडौं । काठमाडौंका एक व्यवसायी हनि ट्रयापमा फसेका छन् । लाखौं बुझाएपछि युवतीले सताउन नछाडेपछि उनी प्रहरीमा पुगेका छन् ।

    प्रहरीले युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । रुकुमकी रमिता थापा र नुवाकोटका राजकुमार ढुंगानालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । थापा र ढुंगाना लिभिङ टुगेदरमा बस्दै आएका प्रेमि–प्रेमिका हुन् ।



    ढुंगानाकै योजनाअनुसार रमिताले एक व्यापारीलाई फसाएको प्रहरी स्रोत बताउँछ । सुरुमा फेसबुकमार्फत युवती र व्यापारीको चिनजान भएको थियो । पछि युवती नै नजिकएर घुम्न जाने प्रस्ताव राखेकी थिइन् ।



    दुईबीच शारिरीक सम्बन्ध पनि भएको थियो । त्यसपछि युवतीले करोड माग्दै बार्गेनिङ सुरु गरेकी थिइन् । बलात्कार मुद्दामा फसाइदिने भन्दै उनले पैसा मागेकी थिइन् ।

    व्यापारीले पटक पटक गरेर करिब २० लाख दिएका थिए । थप ६० लाख मागेपछि ती व्यापारीले प्रहरीमा उजुरी दिएका हुन् । पक्राउ परेकी युवतीले विगतमा अरुलाई पनि त्यसरी फसाएको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार