Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कात्तिक १ गतेदेखि कैदी जेल बाहिरै बस्न पाउने

काठमाडौं । कात्तिक १ गतेबाट निश्चित कैदीहरुले जेल बाहिरै बसेर कैद भुक्तानी गर्न पाउने भएका छन् ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १ को उपदफा २ अनुसार ऐनका दुईवटा दफा कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको हो । अब दुई तिहाइ सजाय भुक्तान गरेका कैदीहरुले जेल बाहिर जीवनयापन गर्न पाउने छन् ।

उक्त ऐन २०७५ भदौ १ गतेदेखि लागू भए पनि त्यसका केही दफा सरकारले निर्णय गरेको दिनदेखि कार्यान्वयन हुने व्यवस्था छ।त्यही व्यवस्थाअनुसार सरकारले ऐनको दफा २९ ले दिएको प्यारोल सुविधा आउँदो कात्तिक १ गतेदेखि कार्यान्वयन गर्ने भएको हो।

‘प्यारोल सुविधा’ भनेको एक वर्षभन्दा बढी कैद सजाय पाई दुई तिहाए सजाय भोगिसकेका असल चालचलन भएका कैदीलाई जेल बाहिर बस्न पाउन दिने सुविधा हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077