Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अत्तरिया बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

    अत्तरिया बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2K
    SHARES

    कैलाली । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी इलाका प्रहरी कार्यालय मालाखेतीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

    चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।



    इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बिजया दशमी, दिपावली र छठ पर्वलाई मध्यनजर गरी यात्रु सहायता कक्ष राखिएको बताए ।



    यात्रु सहायता कक्षले नागरिकहरु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित हुने विश्वास लिइएको छ ।

    यात्राका क्रममा असहजता र ठगिको महसुस भए सहायता कक्षमा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको मालाखेती प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार