Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कैलालीमा नम्बर फेरेर चाेरीकाे स्कुटर चलाउने युवती प्रहरी फन्दामा

    कैलालीमा नम्बर फेरेर चाेरीकाे स्कुटर चलाउने युवती प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 1.1K
    SHARES

    धनगढी । कैलालीमा चाेरीकाे स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेकाे अवस्थामामा एक युवती समातिएकी छन् ।

    प्रहरीले  बिहीबार दिउँसो गाैरीगंगा नगरपालिका-१ चाैमालामा सुपप्र ०१००११प२७५३ नम्बरको स्कुटर नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामा टीकापुरकि सन्ध्या चन्दलाई पक्राउ गरेको हो ।



    ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बरालले चन्दलाई स्कुटर चलाइरहेको अवस्थामा चन्दलाई नियन्त्रणमा लिइएको बताए ।



    चन्दले सुरूमा श्रीमान आशिष खड्काकाे आमा सरिताले स्कुटर किनिदिएकाे बताएकी थिईन् तर ब्लुबुक देखाउनुस भन्दा नसकेपछि श्रीमानले किनेकाे बताएकि थिईन् ।

    तर इन्जिन र चेसिस नम्बर चेक गर्दा उक्त स्कुटर स्थानीय धर्म बुढाकाे चाेरीकाे भएको प्रहरीले जनाएको छ ।

    अहिले सन्ध्या र सरितालाई चाैमाला प्रहरीले नियन्त्रणमा लिएकाे छ भने खड्काकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार