Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अत्तरियाको सुरक्षा व्यवस्था मजबुद बन्दै : एक वर्षमा ३५० मुद्दा दर्ता, लागूऔषध नियन्त्रणको प्रयास

    अत्तरियाको सुरक्षा व्यवस्था मजबुद बन्दै : एक वर्षमा ३५० मुद्दा दर्ता, लागूऔषध नियन्त्रणको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 870
    SHARES

    धनगढी । ईलाका प्रहरी कार्यालय मालाखेतीले गएको एक वर्षमा लागूऔषध मुद्धामा ८४ जनालाई पक्राउ गरेको छ । कैलालीको अत्तरियामा रहेको मालाखेती ईप्रकाले आर्थिक वर्ष २०७९/८० मा लागूऔषध मुद्धामा ६ महिलासहित ८४ जनालाई पक्राउ गरेको हो ।

    मालाखेती ईप्रकाले पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ५३ ग्राम २५० मिलिग्राम, चरेश १७ किलोग्राम २ सय ग्राम, नाइट्रोभेट ४१ ट्याब्लेट, स्पास्मो ७४ ट्याब्लेट, ट्रामोडेल ८ ट्याब्लेट, प्रेगा ४० ट्याबलेट बरामद गरिएको छ ।



    व्यक्तिगत र समुहमा पक्राउ परेका ८४ जनामाथि ५४ वटा मुद्धा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले बताए । जसमध्ये ४५ मुद्दा फर्छौट भएको र ९ मुद्दा फर्छौट हुन बाँकी रहेका छन् ।



    त्यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार आर्थीक बर्ष २०७९/८० मा मात्रै लागूऔषध, आत्महत्यासँगै अन्य कसुरका गरी ३५० मुद्दा गर्दा भएका छन । जसमध्ये २३५ मुद्धा फर्छौट भएका छन भने ११५ मुद्दा फर्चौट हुन बाँकी रहेका छन ।

    दर्ता भएका ३५० मुद्दामा ३१४ पुरुष र ४७ महिला पक्राउ परेका छन् । उक्त मुद्दामा जोडिएका १८ जना भने अझै फरार रहेका छन । गत आर्थिक बर्षमा कर्तव्य ज्यानका २, भवितव्य ज्यानका १९, फुटकर ज्यानका ११, डाका चारीका १, साधारण चोरीका २२, जुवाका र ठगीका २/२, अभद्र व्यवहारका ८३, वहुविवाहका ९, बालविवाहका २ मुद्धा दर्ता भएको डीएसपी बरालले बताए ।

    यस्तै सो अवधिमा जवरजस्ती कारणीका २३, जवरजस्ती करणी उद्योगका ८, सवारी ज्यानका १८, सवारी अंगभंगका १, सवारीबाट भवितव्य ७, मानव वेचविखन १, बैंकिङ कसुरका ३० र हातहतियारका ४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

    डीएसपी बरालले कमाण्ड सम्हालेदेखि अत्तरिया क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बन्दै गएको छ भने नागरिकले सुरक्षाको अनुभूति गर्न थालेको बताइन्छ । प्रहरीले थालेको अपरेसन सफल बन्दै गएपछि लागूऔसध प्रयोग कर्ता पनि धमाधम पक्राउ पर्न थालेका छन् । यस्तै डीएसपी बरालले अत्तरियाका विभिन्न होटेलहरूबाट देहव्यापारमा संलग्न सञ्चालकसहित युवायुवतीहरूलाई समेत पक्राउ गरेर मुद्धा चलाएका छन् ।

    देहव्यापारका लागि जक्सनको रुपमा विकास हुँदै गएको अत्तरियालाई डीएसपी बरालले नियन्त्रणको प्रयास थालेका छन् । उनका अनुसार यौन अपराधमा संलग्न लगभग ५० जनालाई नियन्त्रणमा लिइएको छ ।

    साथै डीएसपी बरालले विभिन्न विद्यालय तथा सार्वजनिक स्थानमा गएर लागु औषध दुर्ब्यसनीसम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । स्वयं उपस्थित भएर डीएसपी बराल लागूपदार्थ नियन्त्रणका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार