Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मालाखेतीमा डीएसपी बराल : यौन धन्दादेखि लागूऔषध नियन्त्रणमा खरो, शान्ति सुरक्षामा दह्रो !

    मालाखेतीमा डीएसपी बराल : यौन धन्दादेखि लागूऔषध नियन्त्रणमा खरो, शान्ति सुरक्षामा दह्रो !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 6.2K
    SHARES

    कैलाली । प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बहादुर बराल इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रूपमा गत वर्षको माघ महिनामा हाजिर भए । सफल कार्यकाल पूरा गरेर उनी त्यस कार्यालयबाट करिब १४ महिनापछि शुक्रबारबाट बिदासमेत भएका छन् ।

    प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयानुसार डीएसपी बराल सरुवा भएका हुन् । उनको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी, अन्वेषण योजना शाखामा सरुवा भएको छ ।



    अब उनको स्थानमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यरत गंगा बहादुर थापाले कमाण्ड सम्हाल्ने छन् । करिब १४ महिनासम्म इलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड सम्हालेका डीएसपी बराल अपराध अनुसन्धानमा अब्बल देखिएका छन् ।



    निकै संवेदनशील ठाउँमा बसेर उनले जनतामा शान्ति सुरक्षाको अनुभूति दिलाएका थिए । कुनै पनि घटना घटेपछि डीएसपी बराल आफै घटनास्थलमा उपस्थित भएर अनुसन्धान गर्थे । अत्तरियाबाट सुदूरपश्चिमका सबै जिल्लातिर आउजाउ गर्ने हुँदा पनि त्यहाँ भिडभाड हुने गर्छ । त्यस कारण पनि सुरक्षा चुनौती छ ।

    तर डीएसपी बरालले त्यहाँको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखेका थिए । त्यस कारण उनको कार्यकालमा त्यहाँ कुनै ठुला घटना भएनन् । भने अत्तरियामा फस्टाएको यौन धन्दा पनि डीएसपी बरालले रोक्ने प्रयास गरेका थिए । उनले मालाखेतीको बसाइँका क्रममा जनतासँग सम्बन्ध राम्रो बनाएका थिए ।

    विभिन्न सचेतनामूलक कार्यक्रम लिएर डीएसपी बराल जनसमुदायसम्म आफै पुग्थे । त्यस कारण पनि उनी जनसमुदायमा राम्रै प्रहरी अधिकृतका रूपमा परिचित छन् । साथै उनी लागू औषध सम्बन्धी सचेतना फैलाउन टोल टोल र विद्यालयसम्म पुगेका थिए । हरेक क्षेत्रमा उतिकै अब्बल देखिएका डीएसपी बरालले १४ महिनाको अवधिमा लागु औषध सम्बन्धी ८८ वटा मुद्धा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका थिए ।

    लागु औषध मुद्धामा ११७ पुरुष र ९ महिला गरी १२६ जना पक्राउ परेको डीएसपी बरालले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन ८५ ग्राम, ४२१ मिलिग्राम, चरेस १७ किलो, ८८६ ग्राम, ६४० मिलिग्राम र स्पास्मो ७४, ट्रामाडोल ८, पिग्रा ४० ट्याब्लेट बरामद गरिएको थियो ।

    यस्तै सो अवधिमा अनैतिक कार्यमा संलग्न ३० महिला र १९ पुरुष गरी ४९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । साथै अवैध ढुंगा, गिट्टी, बालुवा, उत्खनन तथा चोरी निकासी गरी रहेका ४८ वटा सवारी साधनलाई नियन्त्रणमा लिई १२ लाख २५ हजार बराबरको राजश्व संकलनमा सहयोग गरेको पनि तथ्याङ्कमा उल्लेख छ ।

    यसै गरी ७ फिट लम्बाई ३÷४ इन्च चौडाइ भएको सालको कडी १२१ थान र ७ फिट लम्बाई १६ इन्च चौडाइ भएको सालको फेम ४५ थान पनि बरामद गरिएको थियो । डीएसपी बरालका अनुसार चितुवाको जस्तो देखिने छाला २ थान बरामद गरी आवश्यक कारबाहीको लागी बन कार्यालयमा बुझाइएको थियो ।

    यस्तै अदालतबाट फैसला पश्चात् फरार रहेका विभिन्न मुद्दाका ४२ जनालाई पनि सो अवधिमा पक्राउ गरी पेस गरिएको थियो । विभिन्न मितिमा आफ्नो क्षेत्रभित्रका एरियाहरूबाट १४८५ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको थियो ।

    साथै डीएसपी बरालले दिएको जानकारी अनुसार अवैध भन्सार छली ल्याएको बिगो रु. २५ लाख २३ हजार १०० मूल्य बराबरको विभिन्न मालसामान र ओसार पसारमा संलग्न सवारी साधन भन्सार कार्यालयमा बुझाइएको थियो । यस्तै जुवा तास खेल्ने २१ जनालाई पक्राउ गरिएको थियो भने ३ वटा मुद्धा दर्ता गरिएको थियो ।

    सामुदायिक प्रहरी कार्यक्रम ८४, होडिङबोर्ड ६० वटा पर्चा पम्लेट ३,००० वितरण गरिएको र त्यसबाट १५ हजार सङ्ख्या लाभान्वित भएको डीएसपी बरालले जानकारी दिए । साथै उनको कार्यकालमा नगरपालिकाबाट २७ वटा सीसी टिभी क्यामरा मर्मत र जडान गरिएको थियो ।

    जसको लागत खर्च तीन लाख ३६ हजार ६०० रहेको बताइएको छ । यस्तै बैंक तथा सुनचाँदी व्यवसायले ५५ हजारमा दुई वटा सीसी क्यामरा जडान गरेका थिए । यस्तै सवारी दुर्घटनाबाट आ.व. २०७९÷०८० मा २७ जनाको मृत्यु भएकोमा आ.व. २०८०÷०८१ मा मृत्यु हुनेको सङ्ख्या २२ जना रहेका छन् ।

    सो मध्ये १० केश (हिट एण्ड रन) को सफल अनुसन्धान भएको तथ्याङ्कमा उल्लेख छ । यस्तै सो अवधिमा १७५ वटा महिला तथा बालबालिका हराएकोमा १४८ फेला परेका थिए भने २७ जना फेला पर्न बाँकी छन् ।

    साथै बेवारिसे ३७ जना (महिला, पुरुष, बृद्धबृद्धा र बालबालिका) लाई सेफ हाउस तथा आफन्तको जिम्मा लगाएको थियो । यसै गरी डीएसपी बरालका अनुसार गम्भीर तथा जघन्य अपराध सम्बन्धी विभिन्न मुद्धा दर्ता भएका थिए ।

    उनले कर्तव्य ज्यान १, ज्यान मार्ने उद्योग १, ज.ज.क. २०, ज.ज.क.उ ९, बाल विवाह १, बहुविवाह ९ र हातहतियार तथा खरखजना सम्बन्धी तीन वटा मुद्धा दर्ता भएको जानकारी दिए । साथै सार्वजनिक अपराधका पनि ८२ वटा घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

    उनलाई यहाँका स्थानीय नागरिक, पत्रकार, व्यवसायी लगायतले माला र खादासहित भव्य विदाइ गरेका थिए ।

    साथै उनले आफूला निर्देशन तथा मार्गदर्शन गर्ने सम्पुर्ण सिनियर प्रहरी अधिकृतका साथै सहयोग गर्ने प्रदेश तथा स्थानीय निकायका जनप्रतिनिधिहरु, संघसंस्था तथा सहयोगी व्यक्तित्वहरु, स्थानिय जनसमुदाय र पत्रकारहरुप्रति हार्दिक नमन तथा कृतज्ञता व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार