Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना

    ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 570
    SHARES

    कैलाली । कैलालीको ईलाका प्रहरी कार्यालय‌ मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापन गरिएको छ । विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना गरिएको हो ।

    हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालले जानकारी दिए ।



    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता बुदाँ नम्बर २५ अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको हो ।



    सो पुस्तकालयको आइतबार डीएसपी बरालले उद्घाटन गरेका थिए । पुस्तकालयमा राखिएका पुस्तकहरु थनुवा र अन्यले पनि अध्यन गर्न पाउने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार