Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • मालाखेतीका डीएसपी बरालको ‘एक्सन’ : एकैदिन लागु औषधसहित चारजना पक्राउ

    मालाखेतीका डीएसपी बरालको ‘एक्सन’ : एकैदिन लागु औषधसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 9.8K
    SHARES

    कैलाली । ईलाका प्रहरी कार्यालय मालाखेतीले एकै दिन चार जनालाई लागु औषधसहित पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

    विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले अत्तरिया पहाड रोडस्थित भु.पु.सैनिक होटेलमा काम गर्ने १८ वर्षीयदिपेश धामीलाई चेकजाँच गर्दा शुद्ध तौल १६० मिलिग्राम लागु औषध फेला परेको थियो ।



    उनलाई सोधपुछ गर्दा गोदावरी २ बस्ने ३६ वर्षीय वसन्त खत्रीले दिएको भनी बयान दिएकोमा उनको घर कोठामा चेकजाँच गर्दा सिलिण्डरको मुनि प्लास्टिकमा राखेको शुद्ध तौल ९८० मिलिग्राम लागु औषध फेला परेको मालाखेती प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको साथबाट शुद्ध तौल १ ग्राम १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । उनीहरू दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    यस्तै स्याउले पोष्टबाट प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी ८ स्याउले चोकस्थित पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय रिजन कुमार बुढाले चलाएको सु.प.प्र ०१०११ प ८७३५ न. को मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो ।

    पछाडि सवार बर्दगोरिया ४ बस्ने २३ वर्षीय चेतन पौडेलको साथबाट शुद्ध तौल १ ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको मालाखेती प्रहरीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए । उनीहरू दुवै जनालाई नियन्त्रणमा लिएर मालाखेती प्रहरीले थप अनुसन्धान थालेको छ ।

    लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्नविरुद्ध डीएसपी बराल एक्सनमा उत्रिएका छन् । पछिल्लो एक महिनामा मात्रै डीएसपी बरालले दर्जनौं व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार