Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागुऔषधसहित सशस्त्रका जवान पक्राउ, अर्का साथि पनि समातिए

    लागुऔषधसहित सशस्त्रका जवान पक्राउ, अर्का साथि पनि समातिए

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 2.8K
    SHARES

    कैलाली । कञ्चनपुरबाट लागु औषधसहित सशस्त्र प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् ।

    शनिबार साँझ पुनर्वास नगरपालिका १० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन् ।



    प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको बताइएको छ । प्रहरीका अनुसार उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार