Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कैलालीको बुढीतोलाबाट खैरो हेरोइनसहित युवक पक्राउ

    कैलालीको बुढीतोलाबाट खैरो हेरोइनसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 969
    SHARES

    कैलाली । कैलालीमा लागु औषध (खैरो हेरोइन) र नगदसहित एकजना पक्राउ परेका छन् ।

    बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले डोटीको जोरायलका मिन बहादुर मालीलाई बुढीतोलाबाट पक्राउ गरेको हो ।



    उनलाई शंका लागि चेकजाँच गर्दा खल्तीमा शुद्ध तौल १३ ग्राम लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ र ५३ हजार नगद फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



    यस्तै उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ । उनीमाथि मालाखेती प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार