Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मकवानपुरबाट ठूलो परिमाणमा लागु औषध बरामद, दुई भारतियसहित चारजना पक्राउ

    मकवानपुरबाट ठूलो परिमाणमा लागु औषध बरामद, दुई भारतियसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 1K
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न स्थानबाट लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शनिबार र आइतबार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

    आइतबार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १५ रातोमाटेस्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा चितवनबाट बिरगंजतर्फ जाँदै गरेका रितेश कुमार र नितेश कुमारलाई पक्राउ गरेको छ ।



    बिरगंजतर्फ जाँदै गरेको भारतिय कारलाई शंका लागि चेकजाँच गर्दा चालक भारत बिहार राज्य जिल्ला बैशाली किरतपुर राजा राम बस्ने नितेश र सो कारमा सवार बिहारको बैशाली बावनघाट बालघाट भरथपुर बस्ने रितेशले कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा १७ किलो ५०० ग्राम लागूऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।



    उनीहरुलाई लागूऔषध र कारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यस्तै शनिबार ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा मनहरी गाउँपालिका ५ दरदरा बस्ने राम सिं वाईबालाई पनि १५० ट्याब्लेट नाईट्राजेपामसहित पक्राउ गरेको छ ।

    साथै उनको साथबाट लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १५ रातोमाटेस्थित सडकखण्डमा नारायणघाटबाट राक्सिराङ गाउँपालिका ४ बस्ने एक महिलालाई पक्राउ गरेको छ ।

    बिरगंजतर्फ जादै गरेको ना ८ ख ७३४६ नं. को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा ती महिलाले लुकाई छिपाई ल्याएको अवस्थामा ५ किलो लागूऔषध गाजाँ फेला परेको प्रहरीले जनाएका छ । उनीहरु दुवैजनामाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार