Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • खुटिया खोलामा अवैध उत्खनन् गरिरहेका चार ट्याक्टर प्रहरी नियन्त्रणमा

    खुटिया खोलामा अवैध उत्खनन् गरिरहेका चार ट्याक्टर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 2.3K
    SHARES

    धनगढी । ईलाका प्रहरी कार्यालय मालाखेतीले अवैध रूपमा नदिजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

    कैलालीको गोदावरी नगरपालिका ९ सेहरी र मुरकट्टी स्थित खुटिया खोलामा अवैध उत्खनन गरिरहेका ट्याक्टर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको हो ।



    मंगलबार राति सवा २ बजेको समयमा अवैध रूपमा ढुंगा र बालुवा चोरी गरिरहेको अवस्थामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको ईप्रका मालाखेतीको प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बरालले बताए ।



    बरालकाअनुसार भे १ त ६०२२, सु.प्र.प्र. ०१००२ त ५३१८, से १ त ७४९६, सु.प.प्र. ००२ त ५७६७ नम्बरको ट्याक्टर ईन्जन र ट्राली सहित र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली मात्र नियन्त्रणमा लिइएकाे बताए ।

    नियन्त्रणमा लिइएका ट्याक्टरमाथि अनुसन्धान गरेर आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार