Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालगञ्जमा आज दिनभरका लागि हटाइयो कर्फ्यू, बेलुकी भने जारी रहने

बाँके । बाँकेको नेपालगञ्जमा मंगलबारदेखि जारी कर्फ्यू आजदेखि खुकुलो पारिने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार बेलुकी भने कर्फ्यू जारी रहनेछ ।

बिहीबारको अवस्थालाई हेरेर शुक्रबारका लागि निर्णय गरिनेछ । मंगलबार हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077