Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंबाट दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो, कारण यस्तो

काठमाडौं । काठमाडौंबाट साउदी अरबको दमाम उडेको नेपाल वायुसेवा निगमको जहाज बीचबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल वायुसेवा निगमको आरए ४१२ जहाज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौं अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज पाकिस्तानको आकाशमा पुगेपछि ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो ।

टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । प्राविधिकको टोलीले मर्मत गरेपछि मात्रै विमान पुनः उडान भर्न योग्य हुने बताइएको छ । जहाजमा ९५ यात्रु रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077