Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देशमा वैदेशिक हस्तक्षेप बढ्न थाल्यो : माधव नेपाल

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भारतले लिम्पियाधुरा, कालापानी र समेटिएको भूमि फिर्ता गर्नुपर्ने बताएका छन् ।

रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानका क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको बताए । उनले सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’

श्रमजीवी जनताको हितका लागि र समग्र देशको हितको लागि सदन र सरकारको मोर्चामा संघर्ष गरिरहेको उनको भनाइ छ।

अध्यक्ष नेपालले अहिले देशको अर्थतन्त्रमा संकट देखा परेकोबारे पनि प्रधानमन्त्रीलाई तत्काल समाधानको लागि पहल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077