Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरीले उनीहरुको साथबाट २ सय २० ग्राम तौल भएको धातुको बाला १ थान तथा सिक्री १ थान र १ सय ग्राम तौल भएको १ थान जबेरी बरामद गरिएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077