Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आजभोलि मैले ओलीजीको आलोचना गर्न छाडेको छु : माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आजभोलि आफुले नेताहरुको आलोचना गर्न छाडेको बताएका छन् ।

मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा रौतहटको चन्द्रनिगाहपुर पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले आफुलेएमाले अध्यक्ष केपी ओलीको समेत आलोचना गर्न छाडेको बताए । अध्यक्ष नेपालले बरु ओलीलाई भेटें मुसुक्क हाँस्ने गरेको बताए ।

अध्यक्ष नेपालले भने,‘मैले त आजभोलि मैले एमाले अध्यक्ष केपी ओलीको आलोचना गर्न छाडेको छु । बरु ओलीजी भेटें भने मुसुक्क हाँस्छु । आलोचना गर्न छाडिसकें । मेरो त्यस्तो छुच्चो बानी छैन । धेरै रिस उठेको छ भने बरु म ओली तिर हेर्दै हेर्दिन।’

उनले सँधै जसो दलहरुबीच एकले अर्काप्रति टिकाटिप्पणी मात्रै हुने गरेको बताए । देशमा भ्रष्टाचार हटाउने, रोजगारीको अवसर सिर्जना गर्ने जस्ता काम गर्न समाजवादी पार्टीले अभियान थालेको नेपालको भनाई छ।

त्यस्तै, अध्यक्ष नेपालले नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा आफूहरुलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गरे।

उनले कानुनमै नभएको कुरा प्रयोग गरि किन उन्मुक्ति दिईयो भन्ने विषयमा प्रधानमन्त्री समक्ष कुरा राख्ने बताए । यस्तो विषयमा सरकारले कुनै पार्टी विशेष, कार्यकर्ता विशेषमा आफ्नै ढंगले चल्नु हुँदैन । कानुन मिच्नेलाई सरकारले दण्डित गर्नुपर्छ उन्मुक्ति दिन नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077